Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कपमा पुलिसको विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको पहिलो खेलमा नेपाल पुलिसले रासिद खानको शतकको मद्दतमा बागमती प्रदेशलाई ६८ रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले रासिद खानको शतकको मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनायो । शेख ५७ रन बनाएर आउट भए । खान क्रिजमा टिकिरहे ।

कप्तान दीपेन्द्र सिंह ऐरीसँग ४३ र करण केसीसँग २५ रनको साझेदारी गरेका उनी १०६ रनमा अविजित रहे । ११२ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का हानेका थिए ।

बागमतीका रिजन दाहाल र सूर्य तामाङले समान ३–३ विकेट लिएका थिए । २८३ रनको लक्ष्य पछ्याएको बागमतीले ४३.३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्र बनाउन सक्यो ।

पुलिसका सागर ढकालले ३ विकेट लिँदा करण केसी, रासिद खान र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077