Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

अत्तरियामा कुटपिटबाट एक जनाको मृत्यु

धनगढी । । कैलालीको अत्तरियामा एक जनाको कुटपिटबाट मृत्यु भएको छ ।

गोदावरी नगरपालिका स्थित अत्तरिया बजारमा रहेको दोहरी साँझमा कुटपिटमा परी कञ्चनपुरको कृष्णपुर नगरपालिका ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो ।

२५ गते राति दोहरी साँझमा कुटपिटमा पछि देउवा घर पुगेको र परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए ।

उपचारकै क्रममा अस्पतालमा देउवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

देउवाको ज्यान गएपछि परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थिए ।

शनिवारसम्म ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077