Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

बर्दिया । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक महिलाको ज्यान गएको छ ।

जिल्लाको मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोक स्थित घरको बरन्डामा आगो तापिरहेकी ८७ वर्षीया चिन्की थरुनी मृत्यु भएको हो ।

बर्दियामा चिसोबाट जोगिन आगो ताप्दै गर्दा एक्कासी आगो सल्केर गम्भीर घाइते भएकी उनको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगलागी बिहान ३ बजे भएपनि बिहान साढे ५ बजे जानकारी पाएपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077