Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : बागमतीविरुद्ध सन्दीप जोराले गरे अर्धशतक प्रहार

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबका ब्याटर सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन् ।

जोराले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै बामगती प्रदेशविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

पाँचौं क्रममा आएका उनले एकतर्फबाट क्रिज सम्हाल्दै टिमको लागि महत्वपूर्ण अर्धशतकीय पारी खेलेका हुन् ।

४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म डोर्‍याएका थिए।

सन्दीप हाल ७४ बलमा ६१ रन बनाउँदै खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077