Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राहुल गान्थीको ‘भारत जोडो’ अभियानको दोस्रो चरण सुरु

एजेन्सी । भारतीय कांग्रेसले नेता राहुल गान्धीको नेतृत्वमा थालेको भारत जोडो अभियानको दोस्रो चरण आजदेखि सुरु गरेको छ ।

दोस्रो चरणको यो अभियानलाई ‘भारत जोडो न्याय यात्रा’ नाम दिइएको छ। मणिपुरको थौबल जिल्लाबाट दोस्रो चरणको अभियान सुरु भएको छ ।

मणिपुरमा आठ महिना अगाडि भड्किएको जातीय हिंसाबाट थौबल पनि प्रभावित भएको थियो । थौबलको खोंगजोम युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि गान्धीले अभियान सुरु गर्नेछन् ।

सन् १८९१ मा अंग्रेज-मणिपुर युद्धमा मारिएकाहरुको सम्झनामा खोंगजोममा युद्ध स्मारक बनाइएको हो । १४ जनवरीदेखि २० मार्चसम्म चल्ने दोस्रो चरणको अभियान यात्रा पूर्वमा मणिपुरदेखि पश्चिममा मुम्बईसम्म चल्ने छ ।

यस क्रममा राहुल गान्धी १४ राज्यका ८५ जिल्लामा पुग्ने छन् । यसअघि भारतीय कांग्रेसले पहिलो चरणको भारत जोडो अभियान सन् २०२२ को सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु गरेको थियो । यो यात्रा १३६ दिनपछि जम्मु कश्मिर पुगेर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077