Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कपमा कर्णाली प्रदेशको विजयी सुरुवात

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।

भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई ७ विकेटले पराजित गरेको हो ।

१२३ रनको लक्ष्य कर्णालीले ३३।२ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो। कर्णालीका लागि हिमान्शु शाहीले ५३ र निश्चल रावलले अविजित २९ रन बनाए।

गण्डकीका अंकित न्यौपानेले २ तथा विपिन खत्रीले १ विकेट लिए। पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट क्षतिमा १२२ रन बनाएकोथियो ।

गण्डकीका कमल परियार र अमृत गुरुङले २१–२१ रन बनाए। कर्णालीका अनुज चनारा, दिपेन्द्र रावत र दिनेश अधिकारीले २–२ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077