Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कपमा एपीएफसँग बागमतीको हार

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एपीएफले बागमती प्रदेशमाथि ८९ रनको फराकिलो जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले सन्दीप जोराको शतकको मद्दतमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको थियो। पाँचौं नम्बरमा ब्याटिङमा आएको जोराले एक छेउबाट इनिङ सम्हाल्दै ११७ बलमा ११२ रन बनाएका थिए।

त्यस क्रममा उनले ५ छक्का र ७ चौका हाने। उनले छैटौं विकेटका लागि लोकेश बमसँग ६६ रनको र आठौं विकेटका लागि अमर रौतैलासँग ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

बलिङतर्फ बागमतीका लागि सूर्य तामाङले सार्वधिक ३ विकेट लिए । प्रतिश जिसी, रिजन ढकालले २र२ विकेट लिए । सोनु देवकोटाले १ विकेट लिए । जितका लागि २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रन बनाउँदै अलआउट भयो ।

बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए । उनले ८९ बलमा ८ चौका प्रहार गरे । ओपनर इशान पाण्डे खाता नै नखोली आउट भए पनि अशुतोष घिरैयाले ५७ बलमा ५ चौकासहित ४१ रन बनाए ।

उनले रितसँग दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए । एपीपएफलाई जिताउन कप्तान रोहितकुमार पौडेल एक्लैले ४ विकेट लिए ।

लागि मौसम ढकाल र अभिनास बोहोराले २/२ विकेट लिए । पुरन विक र भुवन कार्कीले समान १/१ विकेट लिए । पहिलो खेलमा नेपाल पुलिससँग ६८ रनले पराजित भएको बागमतीको यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077