Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • न्युजिल्यान्डसँग पाकिस्तान २१ रनले पराजित

    न्युजिल्यान्डसँग पाकिस्तान २१ रनले पराजित

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 582
    SHARES

    एजेन्सी । पाकिस्तानसँगको दोस्रो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । आज भएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायो ।

    न्युजिल्यान्डले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर ३ बलमा १ सय ७३ रनमा अल आउट भयो ।



    यसअघि हेमिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९४ रन बनायो ।



    यो जितसँगै न्युजिल्यान्डले ५ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । पहिलो खेलमा न्युजिल्यान्ड ४६ रनले विजयी भएको थियो । तेस्रो खेल आउँदो बुधवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार