Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मकवानपुरबाट गाँजा र चरेससहित ६ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजा र चरेससहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका –६ का याकुब खान, बारा परवानीपुर गाउँपालिका –३ का मुकेश राम भन्ने मुस्की राम, वीरगञ्ज महानगरपालिका –२१ का ईरमान आलम, सोही स्थानका सोयल मियाँ र मकवानपुर मनहरी गाउँपालिका –६ नयाँबस्तीका रामनारायण श्रेष्ठ रहेका छन् ।

मनहरी गाउँपालिका ७ स्थित प्रहरी कार्यालय अगाडि चितवनबाट हेटौँडातर्फ आउँदैगरेको ना ३ च ७४०४ नं.को कारलाई रोकी जाँच गर्ने क्रममा कार चालक जितपुर सिमरा ६ का वर्ष २१ को खान र सो कारमा सवार परवानीपुर ३ का वर्ष २० का मुस्की राम, वीरगञ्ज २१ का वर्ष २० का आलम, सोही स्थानका वर्ष २१ का मियाँको साथबाट सय ग्राम चरेश प्रहरीले फेला परेको छ ।

सो विषयमा सोधपुछ गर्दा उनीहरुले मनहरी ६ नयाबस्तीका रामनारायण श्रेष्ठबाट लिएको जनाएपछि श्रेष्ठको घरमा खानतलासी गर्दा ६ किलो १३५ ग्राम चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार चरेश, सवारी साधनसहित खान, मुस्की राम, आलम, मियाँ र श्रेष्ठलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।

यसैबिच प्रहरीले आइतबार नै हेटौँडा उपमहानगरपालिका –१० स्थित बसपार्क बाट गाँजासहित इन्ताज आलमलाई नियन्त्रणमा लिएको छ ।

हेटौँडा १० स्थित बसपार्कमा पूर्व जाने टिकट काउण्टर छेउमा सर्लाही गोडैता नगरपालिका –१० का वर्ष १९ का बसिरहेका आलमलाई शङ्का लागि निजको शरीर तथा झोला खानतलासी गर्दा निजले बोकेको झोलामा ५० किलो चारसय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077