काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसकारण सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम तराईका केही स्थानहरूमा बिहानीपख लागेको हुस्सु कुहिरो मध्यान्न सम्ममा तथा मध्य तथा पूर्वी तराईका धेरै स्थानहरूमा लागेको हुस्सुरकुहिरो अपराह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाको भनाई छ ।
चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।