Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेशविरुद्ध आर्मीका कप्तान विनोदको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आर्मीका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीका लागि उनले मधेशविरुद्ध ६० बलमा ३ चौका र २ छक्का प्रहार गर्दैर् अर्धशतक प्रहार गरेका हुन् ।

घरेलु प्रतियोगितामा निकै सफल ब्याटर विनोद भण्डारीले कुशल मल्लसँग पाँचौं विकेटका लागि ८४ रनको साझेदारी गर्दै खेलिरहेका छन् ।

हाल आर्मी ३५ ओभर सकिँदा ४ विकेटको क्षतिमा १८६ रन बनाउँदै खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077