Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कपमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ ।

जारी प्रतियोगितामा एपीएफ क्लबको यो लगातार दोस्रो जित हो । दोस्रो खेल खेलेको एपीएफले यसअघि आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको थियो ।

दुई खेल खेलेको कोशी प्रदेशको भने यो लगातार दोस्रो हार हो । यसअघि आफ्नो पहिलो खेलमा कोशी प्रदेश मधेस प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ३५ रनमात्र बनाउन सकेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने १९.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077