Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

थानकोटको खाजाघरमा तास खेलिरहेका सातजना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३, थानकोटस्थित खाजाघरमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङका ३० वर्षीय रामकृष्ण थोकरसहित सातजना छन् ।

महाशक्ति पेट्रोल पम्पनजिक मीना मगरको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, नगद नौ हजार ९७० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077