Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कपमा कर्णालीविरुद्ध सुदूरपश्चिमका ३ खेलाडीले गरे अर्धशतक प्रहार

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई २७८ रनको लक्ष्य दिएको छ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २७७ रन बनाएको हो।

सुदूरपश्चिमका लागि खडक बोहरा, टेक रावत र किरण ठगुन्नाले अर्धशतकीय पारी खेले। खडकले ११४ बलमा ६ चौका प्रहार गर्दै ८० रन बनाए। टेकले ९१ रनमा ७ चौका प्रहार गर्दै ५९ रनको योगदान गरे।

किरणले भने ३३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए। नारायण जोशी ३१ रनमा अविजित रहे। कर्णालीका लागि भने दिपेन्द्र रावत, प्रकाश जैशी, उनिस सिंह र दिनेश अधिकारीले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077