Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिविले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो।

ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

यसबारे विस्तृत जानकारी माघ १० गते www.tuexam.edu.np मा प्रविष्ट गरिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077