Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • त्रिविले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने

    त्रिविले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 549
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ।

    त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो।



    ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।



    यसबारे विस्तृत जानकारी माघ १० गते www.tuexam.edu.np मा प्रविष्ट गरिने कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार