Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

आज मंगलबार पुलिसले कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हरायो ।

जितका लागि पाएको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पुलिसलाई जिताउन अर्जुन साउदले ६२ रन र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए ।

चौथो विकेटका लागि नट आउट ७३ रनको साझेदारी गरेका उनीहरु दुवै नट आउट रहे । त्रिवि क्रिकेट मैदानमा यसअघि पहिला ब्याटिङ गरेको कोशीले सुजन थपलियाको शतक मद्दतमा १६९ रन बनाएको थियो ।

७ रन हुँदा २ विकेट गुमाएको स्थितिमा चौथो नम्बरमा ब्याटिङमा आएका उनले एक छेउबाट कोशीको इनिङ सम्हाल्दै १०५ रन बनाएका थिए ।

उनले आठौं विकेटका लागि अभ्यास तिम्सिनासँग ९९ रनको साझेदारी गरे । अभ्यासले २३ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077