Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • श्रीमतीको हत्या गरि फरार रहेका दवाडी २१ वर्षपछि पक्राउ

    श्रीमतीको हत्या गरि फरार रहेका दवाडी २१ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 690
    SHARES

    काठमाडौं । सर्वश्वसहित जन्मकैद सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका धादिङको ज्वालामुखी गाउँपालिका–१ का सूर्य बहादुर दवाडीलाई पक्राउ गरेको हो ।



    २०५९ फागुन २८ मा दवाडीले अंश सम्बन्धी विषयमा विवाद हुँदा पत्नी सानुमाया दवाडीको हत्या गरेका थिए । जिल्ला अदालत धादिङले २०६१ जेठमा उनलाई सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो ।



    जिल्ला अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । उनी लामो समय भारतमा लुकेर बसेको र नेपाल प्रवेश गरेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

    उनी रुपन्देहीको सिद्धार्थनगरस्थित बेलहियाबाट पक्राउ परेका हुन् । प्रहरीले दवाडीलाई जिल्ला अदालत धादिङमा उपस्थित गराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार