Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ड्युटीमा खटिएका प्रहरी जवानमाथि किक प्रहार गर्ने तीन जना पक्राउ

काठमाडौं । ड्युटी खटिएका प्रहरी जवानको टाउकामा ‘किक’ प्रहार गर्ने तीन जना पक्राउ परेका छन् ।

ठमेल क्षेत्रमा मध्यराति मदिरा सेवन गरेर ड्युटी खटिएका प्रहरी जवानमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका–५ घर भएका ३३ वर्षीय पदम राई, नुवाकोटको ककनी गाउँपालिका–४ घर भएका ३२ वर्षीय अजय लामा र धादिङको खनियाबास गाउँपालिका–५ घर भएका २८ वर्षीय सुवास र अनिल भनेर चिनिने जीन गुरुङ छन्।

उनीहरुले बर्दीमै रहेका प्रहरीको टाउकामा किक हान्नुका साथै मोबाइलसमेत फुटाइदिएका थिए । उनीहरुले पुस ९ गते बिहानीपख ठमेलका सातघुम्तीस्थित १० एक्स क्लबको अगाडि प्रहरी जवान लोकबहादुर बुढामाथि आक्रमण गरेका थिए।

मदिरा पिएर हो–हल्ला गर्दै हिँडेको अवस्थामा हो–हल्ला नगर्न भन्दा उनीहरुले प्रहरी जवान लोकबहादुरको टाउकामै किक प्रहार गरेका थिए।

हो–हल्ला गर्दै सार्वजनिक शान्तिमा खलल पुर्‍याएको र प्रहरीमाथि नै आक्रमण गरेको भन्दै तीन जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077