Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माल्टाको लोभ देखाएर ४३ लाख ठगी गर्ने मायादेवी स्वयम्भुबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पाको बग्नासकाली गाँउपालिका-१ स्थाई घर भई हाल काठमाडौं माहानगरपलिका-१५ स्वयम्भु बस्ने मायादेवी राना रहेकी छन् ।

रानाले वैदेशिक रोजगारीको लागि माल्टा पठाई दिने भन्दै दिपक राज कँडेलसंग ४३ लाख रुपैयाँ ठगी गरेर फरार भएकी थिईन् ।

रानाले माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई दिने र मासिक १ लाख ५० हजार कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रानाले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रानालाई आज स्वयम्भुबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी रानालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077