Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विराटनगरमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बिदा

विराटनगर । शीतलहर र अत्यधिक चिसोका कारण विराटनगरमा शैक्षिक संस्थामा बिदा दिइएको छ ।

विराटनगर महानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गरी बुधबारदेखि शुक्रबारसम्म तीनदिन महानगरभित्रका सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको जनाएको छ ।

अत्यधिक चिसोले विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने देखिएकोले बिदा दिइएको बताइएको छ ।

बाक्लो हुस्सु र शीतलहरका कारण विराटनगरमा जाडो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077