Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम छ, हल्ला र भ्रममा विश्वास नगर्नूस्'

काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा रहेको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।

खानेपानी मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले भ्रममा नपर्न अपिल गरेको हो ।

“मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ,” मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए तापनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुन्छ ।”

भ्रेमाथाङको भेलबाढीले तहसनहस बनाएपछि मेलम्चीको हेडवर्क्स बनाइएको छैन। अस्थायी तवरले नथिग्र्याइ पानी ल्याउँदा सुरूङभित्र बालुवा पस्ने जोखिम औंल्याइएका बेला मन्त्रालयले गुणस्तरीयतामा शंका नगर्न आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077