Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णाली प्रदेशले लुम्बिनीलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनीलाई १८५ रनको लक्ष्य दिएको छ।

भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो।

कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

ओपनर रविन्द्र शाहीले ११, हिमान्शु शाहीले २५, दिपेन्द्र रावतले ४७ रन बनाए । अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि निर्मल गुरुङ र अभिषेक गौतमले ३/३ विकेट लिए । मोहम्मद हसन कृष्ण, अजय चौहानले १/१ विकेट लिए ।

कर्णाली प्रदेशले यसअघि ३ खेलमा ३ हार व्यहोर्दै तालिकाको पुच्छरमा रहेको छ, भने लुम्बिनीले २ खेलमा १ जित र १ हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077