Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आर्मीमाथि बागमती प्रदेशको रोमाञ्चक जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले हराएको छ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको हो। टस जितेर ब्याटिङको निर्णय लिएको आर्मी सूर्यको घातक बलिङ सामु निक्न नसकेपछि २७.१ ओभरमा ९७ रन बनाउँदै अलआउट भएको थियो।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । भीम सार्कीले १८ रन बनाए भने विवेक यादव ११ रनमा अविजित रहे । अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । सोमपाल कामी र कुशल मल्लले खाता नै खोल्न सकेनन् ।

हिजो मंगलबारको खेलमा मधेश प्रदेशविरुद्ध ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध ५ विकेट लिए । उनले भीम सार्की, कुशल मल्ल, वसिर अहमद, सन्दीप रजाली र साहब आलमलाई आउट पारेका हुन्। ९८ रनको लक्ष्य पछ्याएको बागमतीको सुरुवात भने राम्रो भएन ।

५४ रन बनाउँदा ५ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै बागमतीले ९८ रनको लक्ष्य २२.१ ओभरमा भेट्टायो । बागमतीलाई जिताउन प्रतिश जीसीले नटआउट २१ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका उनले २४ बलमा १ चौका र १ छक्का हानेका थिए ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका अशोक पौडेले २१ रनमै अल आउट भए । आर्मीको सोमपाल कामीले ३ तथा सहाब आलम र जितेन्द्र मुखियाले समान २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077