Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१२ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से, कारोबार रकम कति ?

काठमाडौं । मंगलबार ५० अंक बढीले बढेको सेयर बजार आज घटेर बन्द भएको छ ।

बुधबार कारोबार सुरू भएयता उचारचढावमा रहेको नेप्से अन्तिम समयमा आएर दोहोरो अंकले घटेर बन्द भएको हो।

बजार ओरालो लागेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ।

नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ विन्दुमा कायम भएको छ। यसदिन ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन ८ अर्ब २ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से दोहोरो अंकले घट्दा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

ग्लोबल आईएमई लघुवित्त वित्तीय,नेपाल वेयरहाउस कम्पनी र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज तीन कम्पनीको मूल्यमा भने नकारात्मक सर्किट लाग्यो।

इस्टर्न हाइड्रोपावर,भूगोल इनर्जीको १० प्रतिशतले मूल्य घट्यो भने मुक्तिनाथ कृषिको सेयर ९.९५ प्रतिशतले घटेको हो। हिमालयन रिइन्स्योरेन्स ६५ करोड मूल्य बढीको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो।

नगदी ग्रुपको ३३ करोड,सोनापुरको २९ करोड,मुक्तिनाथ कृषिको २४ करोड र नेपाल इन्फ्रास्टक्चरको २३ करोड मूल्य बराबरको कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077