Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

साइबर ब्यूरोद्धारा 'गौशाला-२६' भन्दै युवतीको फोटो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

कमाठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला-२६ भन्दै एक युवतीको ‍‍फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्यूरोले संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेका हो।

राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ ।

पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो ।

त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

एक युवतीले राईविरूद्ध साइबर ब्यूरोमा केही दिनअघि जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077