Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद हो : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरेर सामाजिक न्याय, समानता कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण रहेको बताएका छन् ।

पार्टी केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले समान अधिकारका माध्यमबाट सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न समाजवाद कार्यान्वयनमा जोड दिए ।

उनले समाजमा विद्यमान शोषण पुँजीवादले अन्त्य गर्न नसक्ने भएकाले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077