Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागुऔषधसहित चारजना पक्राउ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन ।

पाल्हिनन्दन गाउँपालिका ४ लोहरौलीमा रहेको एक गेस्ट हाउसको कोठामा कारोबार हुँदै गर्दा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय परासीका अनुसार पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर बस्ने ३० वर्षीय जमालुद्दीन नाउ, २४ वर्षीय विक्रम सहनी, २२ वर्षीय सन्तोष गोसाई र पाल्हिनन्दन-४ लोहरौलीका २५ वर्षीय सोनु पटेल रहेका छन् ।

उनीहरूको साथबाट विभिन्न तीन प्रकारका १५० एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि लागूऔषध ओसारपसार कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077