Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : कोशी प्रदेश ८८ रनमा अलआउट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ।

त्रिभुवन आर्मी क्लबका साहब आलमले घातक बलिङ गरेपछि कोशी प्रदेश ८८ रनमा अल आउट भएको हो ।

आलम एक्लैलै ६ विकेट लिएको खेलमा कोशी प्रदेश २४.४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको छ ।

आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिएका हुन् ।

१२.२ ओभरमा ७० रनमा ३ विकेट गुमाएको कोशीको ब्याटिङ बाँकी १८ रन जोड्दा थप ७ विकेट गुमाएको थियो ।

कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077