Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो ।

पहिला ब्याटिङ गरेको कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमा अलआउट भएको थियो ।कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन् ।

पाँच ब्याटर शुन्यमै आउट हुँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ८९ रनको सामान्य लक्ष्य आर्मीले १ विकेट गुमाएर पावरप्ले भित्रै भेट्टायो । आर्मीका ओपनर सन्तोष कार्की ३२ र कुशल मल्ल २२ रनमा नट आउट रहे ।

अर्का ओपनर इमरान शेख ३२ रनमा आउट भएका थिए । यसअघि आर्मीले मधेश प्रदेशलाई १२६ रनले हराएको थियो भने बागमती प्रदेशसँग ३ विकेटले पराजित भएको थियो । कोशीको यो चौथो हार हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077