Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरण सार्वजनिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

दुई वर्षको अन्तरमा मुख्यमन्त्री कार्कीले आफ्नो सम्पति घटेको विवरण सार्वजनिक गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग १५ तोला सुन रहेको विवरणमा उल्लेख छ।  त्यस्तै, ८० तोला चाँदी रहेको उल्लेख छ।

सुन तथा चाँदीको स्रोतको रुपमा विवाह, उपहार तथा खरिद भनिएको छ। विभिन्न व्यक्तिका नाममा कृषि विकास बैंक तथा एभरेष्ट बैंकमा गरी ७ लाख ९४ हजार ७४२ रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

मुख्यमन्त्री कार्कीकी श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको ०-१-१२ १/२ क्षेत्रफलको जग्गामा घर रहेको उल्लेख छ। त्यसको स्रोतको रुपमा पैतृक सम्पत्ति बेचबिखन तथा जागिर भनिएको छ।

बस्नेत सहित परिवारका सदस्यका नाममा विभिन्न ५२ वटा संस्थामा सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ। यस्तै १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका-२ स्थायी ठेगाना भएका कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा रहेको विवरण पेश गरेका थिए ।

मुख्यमन्त्री भएपछि भने विराटनगरको तीन स्थानमा मात्रै जग्गा भएको विवरण पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077