Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : गण्डकी प्रदेशमाथि सुदूरपश्चिमको फराकिलो जित

काठमाडौं । प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रे खेल जितेको छ ।

आज गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जित हात पारेको छ । यो जितसँगै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

भैरहवास्थित, सिद्धार्थ क्रिकेट एकेडेमीमा जितका लागि २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अलआउट भयो ।

गण्डकीका लागि अश्वानी रानाले सर्वाधिक २५ रन बनाए । कमल परियारले २२ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ५ विकेट लिए । ८.२ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २३ रन दिएर ५ विकेट लिएका थिए ।

यस्तै गजेन्द्र बोहराले २ र भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १/१ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५० ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो ।

उसका लागि किरण ठगुन्नाले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले । उनले ७३ बलमा ५ चौका प्रहार गरे । गण्डकीका लागि कप्तान विपिन खत्री र अंकित न्यौपानेले समान ३÷३ विकेट लिए ।

कमल परियार र अमृत गुरुङले २/२ विकेट लिए । यसअघि सुदुरपश्चिमले कर्णाली र लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो । गण्डकीको यो लगातार तेस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077