Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रसिया पठाईदिन्छु भन्दै सात लाख ठगी, कीर्तिपुरबाट सरोज पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रसिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका-६ भई हाल कीर्तिपुर नगरपालिका १० बस्ने सरोज थापा रहेका छन् ।

थापा मोहन साउँदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाईदिन्छु भन्दै सात लाख ३० हजार लिएर फरार भएका थिए ।

थापाले साउँदलाई रसिया जान सात लाख ३० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा एक लाख रुपियाँ मासिक तलब हुने भनी प्रलोभनमा पारेका थिए ।

प्रहरीले उनलाई कीर्तिपुरको पाँगा दोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077