Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गायक योगेश वैद्यको निधन

काठमाडौं । गायक योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति साढे १२ बजेतिर उनको निधन भएको हो ।

बेलुकी स्वास्थ्यमा समस्या आएपछि उनलाई सुन्धारास्थित काठमाडौं भ्याली अस्पताल लगिएको थियो ।

त्यहीँ उनको निधन भएको हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए।

उनका ‘सपना भुलाइ सारा आँसु पिएर जाऊ, ‘आखैँमा रात गले, बाटोमा हुरी चले’, ‘मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो’ नेपाल मेरो तिमीलाई लगायतका गीत चर्चित छन् ।

उनी नेपाल भाषाका पनि थुप्रै गीत गाएका थिए। पशुपति आर्यघाट शुक्रबार उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077