Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज दुईवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको हो ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको हालसम्मको भौतिक वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण भावी कार्ययोजनाबारे छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077