Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीविरुद्ध बागमतीका आशुतोष घिरैयाको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशका आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध उत्कृष्ट अर्धशतक पूरा गरेका छन्।

घिरैयाले यस प्रधानमन्त्री कपमा आफ्नो दोस्रो अर्धशतक ४७ बलमा पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले १४ ओभरमा १ विकेट गुमाउँदै ८५ रन बनाएको छ ।

आशुतोष ५५ बलमा ११ चौका र २ छक्कासहित ६६ रनमा क्रिजमा छन् । कोशीलाई पहिलो सफलता वायाँ हाते तीव्र गतिका बलर कमल खत्रीले दिलाएका थिए ।

कमलको छैटौं ओभरको पहिलो बलमा ईशान पाण्डे लङअनमा सर्ट खेल्ने धुनमा मिड अनमा भुपाल लुईंटेलबाट ६ रनमा समातिए ।

कोशी सुरुवाती चारै खेलमा पराजित भएको छ । बागमतीले चार मध्य दुई खेल जितेको छ ।

पछिल्लो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको हुँदा बागमतीको मनोबल उच्च छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077