Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : आशुतोषले कोशीविरुद्ध हाने करिअरको पहिलो शतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशका ओपनर आशुतोष घिरैयाले कोशीविरुद्ध करिअरको पहिलो शतक प्रहार गरेका छन्।

घिरैयाले ९९ बलमा आफ्नो राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो शतक पूरा गरेका हुन् ।

कमल खत्रीको ३० औं ओभरको दोस्रो बलमा एज लागेर थर्डम्यानमा चौका हान्दै उनले शतक पूरा गरे ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमतीले उनको शतकको सहयोगमा ३० ओभरमा २ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077