Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सालकको खपेटासहित बर्दगोरीयाबाट दुई जना पक्राउ

धनगढी । कैलाली प्रहरीले ११ किलो १ सय ग्राम सालकको खपेटासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भजनी नगरपालिका-८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशिपुर गाउँपालिका-४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन् ।

उनीहरुलाई प्रहरीले कैलालीको बर्दगोरीया गाउँपालिका-६ स्थित सडकबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००८ प ३५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त खपेटा फेला पारेको थियो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077