Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बोक्सीको आरोपमा कुटपिट गरी हत्या गर्ने दुई जना पक्राउ

काठमाडौं । बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको रोशि गाउँपालिका-३ का टंक बहादुर मगर र सन्त बहादुर मगर रहेका छन् ।

उनीहरु काभ्रेको रोशि गाउँपालिका-३ स्थित जनक बहादुरलाई कुटपिट गरी हत्या गरेर फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो ।

बोक्सीको आरोपमा उनीहरुले २०६५ असोज २९ गते रोशी–३ कै मगरलाई बोक्सो भन्दै कटपिट गरेर हत्या गरेका थिए। हत्या गर्ने व्यक्तिहरु जनकका भतिज नाता पर्नेहरु हुन्।

काकाको हत्या गरेर फरार भएका उनीहरुलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनालाई आजै आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077