Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : आशुतोषको शतकमा बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई २७४ रनको बलियो लक्ष्य दिएको छ।

ओपनर आशुतोष घिरैयाको सानदार शतकमा बागमतीले कोशी प्रदेशलाई २७४ रनको लक्ष्य दिएको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भयो ।

बागमतीका ओपनर आशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले ।

उनको यो करिअरको पहिलो शतक हो । बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीको ३० औं ओभरको दोस्रो बलमा एज लागेर टियु एन्डतर्फ थर्डम्यानमा चौका हान्दै उनले ९९ बलमा आफ्नो करिअरको पहिलो शतक पूरा गरेका थिए ।

कोशीका अभ्यास तिमिशिनाले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले ९.३ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए ।

हेमन्त राईले १० ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । फिर्दोस अन्सारीले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077