Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वागमतीविरुद्ध अर्धशतक बनाएर आउट भए कोशीका कप्तान अंकित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशका कप्तान अंकित सुवेदी वागमती प्रदेशविरुद्ध अर्धशतक प्रहार गर्दै आउट भएका छन्।

जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशीले २४.३ ओभरमा ३ विकेट गुमाउँदै ११४ रन बनाएको स्थितिमा अंकित आउट भएका हुन्।

उनी ६५ बलमा ४ चौका र २ छक्कासहित ५३ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि सुजन थपलिया र अंकितले ६९ रनको साझेदारी गरेका छन् ।

२०२२ को प्रधानमन्त्री कपमा बागमतीलाई ६९ रनले हराउन अंकितले ११० रनको शतकीय इनिङ खेलेका थिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भएको थियो ।

बागमतीका ओपनर आशुतोष घिरैयाले १११ बलमा १६ चौका र २ छक्कासहित ११८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077