Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपीलाई फेसबुकमा गाली, मलेसिया बस्ने बिन्दुलाई साइबर अपराधको मुद्दा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलगायतलाई सामाजिक सञ्जालमा गालीगलौच गर्ने युवतीलाई प्रहरीले साइबर क्राइमको मुद्दा चलाएको छ ।

गोरखा स्थायी घर भइ मलेसिया बस्ने बिन्दु परियारलाई साइबर ब्यूरोले साइबर अपराध मुद्दा चलाएको हो ।

परियार मलेसियामा बस्दै आएकी छिन् । आइजिपी कुँवर र उनको परिवारविरुद्ध उनले पटक–पटक अशोभनिय टिप्पणी गर्दै आएका छन् ।

प्रतिवादी परियारले अरुको नाममा फेसबुक आइडी खोलेर यसरी गाली गर्दै आएकी हुन् ।

उनीविरुद्ध अर्का एक व्यक्तिले पनि साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

मलेसियामै रहेका परियारलाई फरार प्रतिवादीका रुपमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077