Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : वागमती प्रदेशले तेस्रो जित निकाल्दा कोशी अंकविहीन

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ६४ रनले हराउँदै तेस्रो जित हात पारेको छ।

ओपनर आशुतोष घिरैयाको शतक र अलराउन्डर ईशान पाण्डेको उत्कृष्ट बलिङमा बागमतीले तेस्रो जित निकालेको हो ।

यो जितसँगै बागमती अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि २७४ रनको विजयी लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा २९ रनमा अल आउट भयो ।

कोशीका सुजन थपलियाले ७६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रन जोडे । कप्तान अंकित सुवेदीले ६५ बलमा ४ चौका र २ छक्कासहित ५३ रन बनाए ।

ओपनर सोनु अन्सारी र अंकित सुवेदीले पहिलो विकेटका लागि ११।५ ओभरमा ४५ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भएको थियो ।

बागमतीको जितमा ओपनर आशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले ।

कोशी यसअघि मधेशसँग ७ विकेट, एपीएफसँग ६ विकेट, पुलिससँग ७ विकेट र आर्मीसँग ९ विकेटले पराजित गरेको थियो ।

कोशीले अब मुलपानीमा गण्डकीसँग खेल्नेछ । बागमती ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।

सुदूरपश्चिम ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कोशी पाँच खेलमा हारका साथ पुछारमा छ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077