Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

कास्की । पोखरामा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ ।

पोखरा २४ कास्कीकोटमा ग१क ४०८२ नम्बरको बसले ठक्कर दिँदा बाल प्रतिभा बोर्डिङ स्कुलमा अध्ययनरत तीन वर्षीय समीर कार्कीको मृत्यु भएको हो ।

उनी नर्सरी कक्षामा अध्ययनरत थिए । ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याएको थियो ।

उपचारकै क्रममा मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077