Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुससहित पक्राउ परेका सबइञ्जिनियर पौडेलले विशेष अदालतबाट पाए सफाइ

काठमाडौं । घूससहित रंगेहात पक्राउ परेका काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका सब-इञ्जिनियरलाई विशेष अदालतले सफाइ दिएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका तत्कालीन सबइञ्जिनियर विनोदकुमार पौडेलले शुक्रबार सफाइ पाएका हुन् ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो ।

पौडेलले सडक निर्माणको अन्तिम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस माग गरिरहेको सूचना पाएपछि अख्तियारको टोली पुगेको थियो ।

उक्त रकम लिइसकेको अवस्थामा पौडेल २२ साउन ०७८ मा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077