Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उत्तर कोरियाले समुद्रमुनि गर्‍यो परमाणु हतियार परीक्षण

एजेन्सी । उत्तर कोरियाले यस हप्ता आफ्नो ‘अण्डरवाटर आणविक प्रणाली’ परीक्षण गरेको छ ।

अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त अभ्यासको जवाफमा उत्तर कोरियाले ‘अण्डरवाटर आणविक प्रणाली’ परीक्षण गरेको हो ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले देशको पूर्वी तटमा आणविक हतियार परीक्षण गरिएको जनाएको छ।

दक्षिण कोरिया र उसका सहयोगीहरूले अहिलेसम्म यो परीक्षणको प्रतिक्रिया दिएका छैनन्।

उत्तर कोरियाले आइतबार नयाँ ठोस इन्धन भएको मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल तैनाथ गरेको दाबी पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077