Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : मधेश प्रदेशले दियो कर्णालीलाई २३२ रनको लक्ष्य

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा कर्णाली प्रदेशलाई २३२ रनको मध्यम लक्ष्य दिएको छ।

कप्तान हरिशंकर शाह र मयन यादवको अर्धशतकमा मधेशले कर्णाली प्रदेशलाई २३२ रनको लक्ष्य दिएको हो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनायो । मधेशका शीर्ष तीन ब्याटरले राम्रो सुरुवात गरेपनि ठूलो इनिङमा अन्त्य गर्न सकेनन्।

कप्तान हरिशंकर शाह ६१ बलमा ६ चौकासहित ५० रनमा आउट भए । तेस्रो नम्बरका ब्याटर मयन यादव ८८ बलमा ५ चौकासहित ५० रनमा आउट भए ।

अनिलकुमार शाह ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा आउट भए ।कर्णालीका स्पिनर दीपेन्द्र रावतले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए ।

अनुज चुनाराले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । युनिस सिंह, दिनेश अधिकारी र दिवान पुनले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077