Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युगान्डाबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' स्वदेश फर्किएका छन् ।

असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हु युगाण्डाको काम्पला पुगेका प्रचण्ड दोहा हुँदै काठमाडौंमा अवतरण गरेका हुन् ।

कतार एयरवेजबाट काठमाडौं आइपुग्ने समयमा प्रधानमन्त्रीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान र अवतरण आधा घन्टाका लागि रोकिएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न उपप्रधानमन्त्री, सभामुख, मन्त्रीहरु विमानस्थलमा पुगेका छन् ।

प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077