Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो भएको बताएका छन् ।

असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि भएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुराबताएका हुन् ।

उनले आपसी समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा दिनुपर्ने विषय उठाएको बताए ।

उनले भने, ‘करिब सात दशक अगाडि दुई महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एसिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौ मुलुकहरूको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई जोड दिएँ। त्यसैगरी, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो। यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ।’

विश्वका विकासोन्मुख मुलुकहरूको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

उनले नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने बताउँदै असंलग्न आन्दोलनका सिद्धान्तहरू र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्त्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्धान्त रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077