Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : गण्डकी प्रदेशले दियो कोशीलाई १६८ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेश १६७ रनमा अल आउट भएको छ ।

मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशसँग टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८ ओभर २ बलमा १६७ रनमा समेटिएको हो।

ब्याटिङतर्फ गण्डकीका मुस्कान थापाले सर्वाधिक ६७ रन बनाए । कप्तान बिपिन खत्रीले ४२ र कमल परियारले १३ रनको योगदान दिए ।

गण्डकीलाई सस्तो मै समेट्न कोशीका अभ्यास तिमिल्सिनाले ६ विकेट लिए । ९ ओभर २ बल बलिङ गरेका अभ्यासले २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिएका हुन् ।

फिर्दोष अन्सरी, कमल खत्री र सोनु मण्डलले १/१ विकेट लिए । यी दुवै टिम पहिलो जितको खोजीमा छन् । गण्डकी यसअघि भएका ३ खेल र कोशी ५ खेलमा पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077